Sajhamanch Archive

रुघा–खोकी, ज्वरोको  उपचारका लागि घरेलु तरिका प्रभावकारी कि औषधी ?

Published: in स्वास्थ्य by .

चिसो मौसम आउने बित्तिकै मानिसहरु रुघा–खोकीबाट बच्ने तयारी सुरु गरिहाल्छन् । थुप्रै मानिसहरु आफ्ना घरका बच्चा र वृद्ध–वृद्धालाई खोकीबाट बचाउनका लागि पहिले नै विभिन्न तयारी गर्ने गर्छन् ।

यसमा कागती र महजस्ता घरेलु तरिका समावेश हुन्छन् ।बीबीसीको एक विशेष सिरिज ‘द ट्रुथ अबाउट’ मा डा. क्रिस भ्यान टुलेकेनले रुघा–खोकीका साथै यसलाई निको पार्ने औषधीबारे जानकारी हाँसिल गर्ने कोसिस गरेका छन् ।वास्तवमा खोकीबाट छुटकारा पाउनका लागि खाइने सिरपले गलाको पछिल्लो भागमा रहेको रिसेप्टरमा एउटा पत्र बनाउँछ जसले घाँटीको खसखस कम गर्दछ ।

यसै कारण धेरैजसो सिरप गाढा र बाक्लो हुन्छन् ।डाक्टर भ्यान सानो हुँदा उनकी आमाले खोकी लाग्दा तातो पानी, कागती र मह मिसाइएको घरेलु औषधी दिने गरेको बताउँछन् ।तर पछि मेडिकलको पढाईपछि त्यस्ता घरेलु औषधीमा कमै विश्वास लाग्ने गरेको पनि बताए ।यसबारे जानकारी लिन डा. भ्यान ब्रिटेनको ‘हल युनिभर्सिटी’ पुगे ।त्यहाँ उनको भेट कार्डियोभास्कुलर र मेटाबोलिक रिसर्च सेन्टरमा कार्यरत खोकी विशेषज्ञ एलिन मोरिससँग भयो ।त्यहाँ मोरिसले डा. भ्यानलाई भोड्का र मरिच खुवाए जसका कारण भ्यानलाई निकै खोकी लाग्यो । त्यसपछि उनलाई कागती र मह मिसाइएको सिरप दिए ।खोकी रोकिने बित्तिकै डा. भ्यानको मुखबाट निस्कियो, ‘यो त चमत्कार हो ।’तर के मेडिकल स्टोरमा पाइने ‘कफ सिरप’ मह र कागतीभन्दा प्रभावकारी हुन्छ ?डा. भ्यानले धेरै प्रयोगमा आउने तीन ‘कफ सिरप’ बारे अध्ययन गरेका छन् जसमा ग्वेफिनेसन, डक्सट्रोमेथार्फेन, स्यूडोफेडरीन समावेश छन् ।तर यी औषधीको अध्ययनपछि डा. भ्यानले यसको सेवन नगर्न सल्लाह दिएका छन् ।  यस्तै प्राध्यापक मोरिस भन्छन्, ‘मेरो विचारमा सिसीमा बन्द गरिएका औषधी मह–कागतीभन्दा राम्रो हुने प्रमाण कम भेटिन्छन् । मह–कागतीको अर्को पनि फाइदा छ –त्यसमा कुनै प्रकारको ड्रग पाइँदैन । तपाईंलाई जति मनलाग्छ, त्यति पिउन सक्नुहुन्छ ।’खोकीसँगै ज्वारो पनि छ भने के गर्ने ?तर यदि रुघा– खोकीसँगै ज्वरो पनि आएको छ भने धेरैजसोले सुरुमा ज्वरोको औषधी खान्छन् ।डा. भ्यानका अनुसार ज्वारो कम गर्ने ट्याबलेटमा तीनवटा ड्रग हुन्छन् – प्यारासिटामोल, ब्रुफेन र डिकन्जेस्टेन्ट ।ब्रुफेन पेन किलर हो भने डिकन्जेस्टेन्ट छातीको भारीपन हटाउन मद्दत गर्ने एउटा औषधी हो ।यस्तोमा डा. भ्यान भन्छन्, ‘भाइरसले विभिन्न मानिसहरुमा छुट्टाछुट्टै असर पुर्याउने गर्छ । त्यसकारण सबैले एउटा औषधी खानु राम्रो होइन ।’उदाहरणका लागि यदि तपाईंको छाती गह्रुङ्गो भएको छैन भने तपाईंलाई डिकन्जेस्टेन्टको आवश्यकता छैन ।तपाईंलाई टाउको मात्र दुखेको छ भने तपाईंले कुनै पेनकिलर मात्र खाँदा हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *