मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु
Published:
by .सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बाटोमा लडेर एक बेलायती नागरिकको मृत्यु भएको छ ।
गत कात्तिक १० गते मेरापिक आरोहणका लागि भएका बेलायती नागरिक फ्लायन एलेक्जेण्डर कृष्टियनको शुक्रबार मृत्यु भएको हो । उनी ६,४७४ उचाइको आरोहण सकेर फर्कने क्रममा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाईक्याम्प क्षेत्रमा लडेका थिए ।
उनको उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत् लुक्लास्थित पासाङल्हामु निकोल्निकी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनी हिमालको चिप्लोमा लडेर घाइते भएका थिए । मौसममा सुधार आएसँगै अहिले मेरापिक आरोहण गर्नेको संख्या बढेको छ ।
Comments