Sajhamanch Archive

मेचीनगरमा निःशुल्क पक्षी तथा पशुको स्वास्थ्य शिविर शुरु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

इटाभट्टा ।मेचीनगरका पक्षी तथा पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक दुईदिने निःशुल्क पक्षी तथा पशु स्वास्थ्य शिविर सोमबारदेखि शुरु भएको छ ।

हिमालयन कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट काठमाडौँको प्राविधक सहयोग र धुलावारी माध्यमिक विद्यालयको सहआयोजना शुरु शिविरको नगरप्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

नगरका १, २, ३ र ४ नम्बर वडाका किसानलाई लक्षित गर्दै २ नम्बर वडा कार्यालय भृकुटीमा शिविरको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले बाहुनडाँगीलाई पशु र कृषिका लागि पकेट क्षेत्र बनाउने बताए । उनले यसक्षेत्रमा पशु अनुसन्धान केन्द्र स्थापनामा स्थानीय सरकार जुटेको र यसै वर्षदेखि पशु र कृषि केन्द्र स्थापना गरेर किसानलाई उत्पादनमुलक काममा लगाउने बताए ।

उपप्रमुख मिना पोखरेल उप्रेतीले बाहुनडाँगीलाई पशु अनुसन्धानका रुपमा विकास गर्ने नगरपालिकाको योजना साकार भएर छाड्ने र यसबाट लाभ लिनका लागि सवै कृषकलाई आग्रह गरिन् । उनले मेचीनगरमै पहिलो पटक अत्यन्तै उपयोगी र फाइदाजनक शिविर सञ्चालनका लागि हिकाष्टले देखाएको चासोप्रति खुलेरै प्रशंसा गरिन् ।

सहआयोजक धुलावारी माध्यमिक विद्यलायका प्रधानध्यापक महेन्द्रविलास लुईँटेलले हल्लाको पछि नकुदी यो शिविरबाट अधिकतम लाभ लिन यस क्षेत्रका किसानलाई आग्रह गरेका थिए । शिविरमा गाई, भैसी, बाख्रा, कुखुरा कुकुर, सुँगुर आदिको स्वास्थ्य परीक्षण, गोवर जाँच, जुका, नाम्लेको औषधि, गर्भ परीक्षण बन्ध्याकरणलगायतका अन्य सेवा उपलब्ध गराईएको हिकाष्टका डाक्टर उमेशप्रसाद मण्डलले जानकारी दिए ।

२ गते नगरको ९ नम्बर वडामा १० र ११ नम्बर वडालाई लक्षित गर्दै कवि शिरोमणि माध्यमिक विद्यालय परिसर र मेचीनगर नगरपालिकाको वडानम्बर १४ को कार्यालय दुहागढी परिसरमा शिविर सञ्चालन हुने नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

शिविर सम्पन्न गर्न हिकाष्टकातर्फबाट दुईजना विषय विज्ञ पशु चिकित्सकसहित ३२ जनाको टोली झापा आएको छ । धुलावारी माध्यमिक विद्यालयमा अध्ययनरत पशु विज्ञानका छात्रछात्राले समेत शिविरमा सहयोग पुर्याएका छन् ।

सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, ४ नम्बर वडाका वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक नविन वराल, यान्त्रिक समितिका संयोजक पूर्ण मेचे, वडानम्बर ९ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक सुदय पनेरु, शिविर व्यवस्थापन समितिका सदस्य सचिव दीपेन्द्र कार्की, वडानम्बर २ का जनप्रतिनिधिहरु, धुलावारी माविका व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङ, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुली, पशु चिकित्सकहरु सीताराम यादव, राघवेन्द्र तिवारी, महेन्द्रप्रसाद मण्डल लगायतको उपस्थित रहेको थियो ।

यसैगरी, मेचीनगर नगरपालिका क्षेत्रभित्र भुस्याह कुकुर नियन्त्रण गर्नकालागि नगरपालिकाले भुस्याह तथा घरपालुवा कुकुरहरुलाई पाँचदिने निःशुल्क वन्धयाकरण तथा रेविज भ्याक्सिन उपलब्ध शिविर शुरु हुदैछ ।

पहिलो दिन खुट्टीडाँगी, चारआली, दुहागढी वडानम्बर १४ को वडाको कार्यालय दोस्रो दिन काँकरभिट्टा, इटाभट्टा, तेस्रो दिन गते धुलावारी, धाइजन चौथो दिन सिर्जनाचोक, गिरी गाउँ, गोमनसरी ज्यामिरगढी वडानम्बर १५ को वडा कार्यालय र पाचौ दिन असोज ७ गते बाहुनडाँगी, र भृकुटी वजारमा उक्त अभियान पुगेर समापन हुने बताइएको छ ।

यसैबीच, पहिलो दिन वडा नं. २ को भृकुटीबजारमा सम्पन्न पशुस्वास्थ्य शिविरमा १०० वटाभन्दा बढी पशु चौपायाको गोबर परीक्षण गरिएको छ । यस्तै गाई गोरु २२ वटा, भैंसी ५ वटा, १३ वटा बाख्रा, ८ वटा कुकुरको स्वास्थ्य परीक्षाण गरिएको छ । सोमध्ये तीनवटा पशुको मेजर अपरेशन गरिएको डा. उमेशकुमार मण्डलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *