Sajhamanch Archive

बिर्तामोडमा पनि सिटिजन खुल्यो

Published: in अर्थतन्त्र by .

बिर्तामोड । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो ३६औं शाखा झापाको बिर्तामोडमा सुरु गरेको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत पोषकराज पौडेलले नवस्थापित शाखा कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर अफिसको उद्घाटन गरेका हुन् ।

बिर्तामोड शाखा कार्यालयका प्रमुख उत्तम कोइरालाले दिएको जानकारी अनुसार शाखा कार्यालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत पौडेलले नेपालमा बीमाको अपरिहार्यताका बारेमा प्रष्ट्याएका थिए ।

सो अवसरमा कम्पनीका मुख्य बजार अधिकृत कवि फुयाँलले बैंकिङ व्यावसाय र बीमा व्यवसायका प्रकृति फरक रहेको बताएका थिए ।

यस्तै क्षेत्रीय प्रबन्धक बिमल वाग्लेले कम्पनीका नयाँ कार्यक्रम तथा बजार प्रवद्र्धन योजनाहरुबारे प्रकाश पारेका थिए ।

शाखा प्रमुख कोइरालाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा विभिन्न बीमा कम्पनीका स्थानीय शाखाका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *