Sajhamanch Archive

यसरी बन्दैछ सताक्षीधाम र दोमुखा, गुरु योजनाको प्रारम्भिक मस्यौदा तयार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दूधे । धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण र आन्तरिक तथा वाहिय पर्यटन प्रवर्धनका लागि शिवसताक्षी नगरपालिकाले आवश्यक प्रकृया अघि बढाएको छ ।

शिवसताक्षी नगर क्षेत्रमा पर्ने सताक्षीधाम, दोमुखा र चिल्लागढधामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरले प्रकृया अघि बढाएको हो ।  नगरपालिकाले कनकाई दोमुखा र सताक्षीधामको सांस्कृतिक जैविक विविधता संरक्षण र पर्यावरण संरक्षणको लागि रणनीतिक गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

जसमा वडा नं १० को माइधारबाट उत्तरतर्फ रहेको दोमुखाको रणनीतिक गुरुयोजना प्रारम्भिक मस्यौदामाः ‘पर्यटन र झापाको संक्षिप्त परिचय’, ऐतिहासिक पुष्ठभूमि , ‘सिमसार क्षेत्र र पर्यावरण, भौगलिक अवस्था , वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश,‘पर्यावरणीय पर्यटन र हाम्रो भविश्य’ लगायतका विषयहरु छन् ।

त्यस्तैं, रणनीतिक गुरुयोजना प्रारम्भिक मस्यौदामाः ‘दोमुखाको वर्तमान अवस्थालाई सात बुदाहरुसहित प्रष्ट पारिएको छ । जसमा सामाजिक आर्थिक अवस्था, जातजातिहरुको अवस्था, आर्थिक रुपमा सक्रिय जनसंख्या, सामाजिक आर्थिक क्रियाकलापमा लैङ्गिक विश्लेशण, अवकास विश्लेषण, दोमुखाको पर्यटकीय क्षेत्र विकासको आधार र नजिकका अन्य पर्यटकीय स्थल वा गन्तव्यहरु छन् ।

रणनीतिक योजनाहरु वा मार्गदशन अन्तरगतः पर्यटनका मुल्य मान्यताहरु, ‘पर्यटन विकाशका स्वरुप र पद्यती र अधिकारवाला तथा सरोकारवालहरु छन् । दोमुखा पर्यटन प्रवर्दनका रणनीतिहरुमाः परिकल्पना, लक्ष्यहरु, उदेश्यहरु मुख्य क्रियाकलापहरु, उपलब्धीहरु र पर्यटन प्रवद्र्धनका रणनीतिहरु उल्लेख भएका छन् ।

त्यसैगरी, शिबसताक्षी–११ मा पर्ने सताक्षीधाम पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ । झिलझिलेबाट उत्तरमा अवस्थित सताक्षीधामको विकासका निम्ति रणनीतिक गुरुयोजना तयारी भइसकेको छ । सो गुरुयोजना प्रारम्भिक मस्यौदाको रुपमा नगरमा आइसकेको नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा अरु नगरपालिका भन्दा अग्रणी रहेको भन्दै यस्ता प्रचुर सम्भावना बोकेका क्षेत्रहरुको विकास गरी आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन सकिने बताए । उनले भने, यसले नगरलाई मात्र होइन स्थानीयबासीलाई समेत आय आर्जन र रोजगारी सृजना गर्न सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *