‘विप्लव र सीके राउतबाट दीर्घकालिन द्वन्द्वको खतरा’
Published: (Updated: )
by .काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले सरकारविरुद्ध अर्धभूमिगत बसेर आन्दोलन गरिरहेका नेत्रविक्रम चन्द (विप्लव) र राष्ट्रिय अखण्डताविरुद्ध ‘स्वतन्त्र मधेस अभियान’ सञ्चालन गर्दै आएका सीके राउत ‘दीर्घकालिन द्वन्द्व’ को कारण बन्न सक्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद बैडकले विप्लव र सीके राउतका गतिविधि समयमै नियन्त्रण गर्न नसके त्यो नेपालकै लागि खतरा बन्न सक्ने निष्कर्ष निकालेको हो ।
राष्ट्रिय सुरक्षा, दैनिक शान्ति सुरक्षा, भौगोलिक अखण्डता र साम्प्रदायिक सदभाव कायम गर्नका लागि विप्लव र सीके राउतकै गतिविधि मुख्य चुनौती रहेको सुरक्षा परिषदको निष्कर्ष छ । –कारोबार दैनिकबाट
Comments