नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (क) को उपसभापतिमा राजवंशी र सुब्बा (ख) को सभापतिमा सिटौला निर्वाचित
Published: (Updated: )
by .शिवसताक्षी । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र ४ (क) र (ख) को निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसको ४ नम्बर क्षेत्र प्रदेश (क) को उपसभापति पदमा गोपाल चन्द्र राजबंशी र विष्णु वहादुर सुब्बा निर्वाचित भएका छन् ।
राजबंशीले २४९ मत पाएका थिए भने सुब्बाले २०० मत पाएर विजयी भए । उनीहरुका प्रतिद्वन्दी दीपक न्यौपानेले १४१ मत प्राप्त गरे ।
त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. ४ (क) बाट अधिकचन ताजपुरिया २४८ मत, मिलनकुमार ढुंगाना २२९ मत दिनेश्वर प्रसाद राजबंशी २०८ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्सैगरी प्रकाश लिम्बु १८५ मत, याम नाथ काफ्ले १७० मत भुपेन्द्र बहादुर ढुँगानाले १५६ मत, महेश्वर दुलाल २१८मत पाएर १ नम्बर प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
उनीहरुका प्रतिश्पर्धी कृष्णप्रसाद खरेलले १३१ मत, गोपाल प्रसाद ढुँगेल ११६, भुपेन्द्र भट्ट १०७, राम प्रसाद राई १००, रामवहादुर ढुँगाना ८३, दिपक कुमार मेन्याङवो (विकेन) ७४, खेल कुमार बुढाथोकीले ७२ र छत्र बाबु ओझाले ६४ मत पाएका थिए ।
यस अघि प्रदेश (क) को सभापतिमा विनोद ढकाल, सचिव निरोज दुलाल, जगतबहादुर ताजपुरिया, सह सचिव दिवशपति पोख्रेल, ज्ञानप्रसाद लुईटेल लगायत अन्य आरक्षण कोटाबाट सर्वसम्मत प्रतिनिधि चयन भएको थियो ।
जसमा क्षेत्र नं. ४ (ख) को सभापतिमा ख्यामराज सिटौला निर्वाचित भएका छन् । उनले ३१७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी नारद गिरीले ४९ मत प्राप्त गरेका थिए ।
त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिहरुमा अग्नीप्रसाद दुलाल ३०९ मत, अग्नीप्रसाद राई ३२२ मत, कुमारसिंह साँवा लिम्बु ३४२ मत, जगननाथ राजवंशी ३२२ मत, जीवन गिरी ३०९ मत दुर्गाप्रसाद उप्रेती ३०१ मत र मनोज पोखरेल २८० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुको प्रश्पिर्धी टेकनाथ लुईटेलले ७५ मत, भुवन बुढाथोकीले १२३ मत र हेमराज विमलीले ८२ मत प्राप्त गरेका थिए ।
प्रदेश अधिवेशन प्रतिनिध खुल्ला दलिततर्फ दिलिप विश्वर्कर्मा निर्वाचित भएका छन् । उनले २७४ मत प्राप्त गरेका थिए भने उनका प्रतिश्पर्धी केलाशमान दर्जीले ८२ मत प्राप्त गरेका थिए । यस अघि क्षेत्र नं. ४ को (ख)बाट उपसभापति, सचिव र सह सचिव सर्वसम्मत चयन भएका थिए ।
Comments