Sajhamanch Archive

क्रियापुत्रीले पनि गरे प्रदेश अधिवेशन प्रतिनिधिकालागि मतदान

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचनमा क्रियापुत्रीले पनि मतदान गरेका छन् ।

झापा क्षेत्र नं. ४ (क) को मतदान स्थल शिवसताक्षीको दूधेमा क्रियापुत्रीले मतदान गरेका हुन् ।

स्व.आमा दमयन्ती अधिकारीको दशगात्र कार्यमा रहेका नेपाली कांग्रेस शिवतसाक्षी ११ का वडासभापति पिताम्बर अधिकारीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुन्न मतदान गरेको सहायक निर्वाचन अधिकृत गोविन्द काफ्लेले जानकारी दिए ।

अधिकारी यस अघिको नेपाली कांग्रेको वडाअधिवेशनबाट वडा नं. ११को सभापतिमा निर्वाचत हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *