Sajhamanch Archive

कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति

Published: in समाज by .

बिर्तामोड । कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका–२ मा रहेको आइतवार राति विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो । उद्योगमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका ८ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी , जनपद प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए । आगलागीबाट सम्पूर्ण प्लाई फ्याक्ट्री नै ध्वस्त भएको संचालक दुर्गा भण्डारीले बताए । उनले आगलागीबाट गोदाम र गोदामभित्र रहेका सम्पूर्ण सामान , कागजपत्र सबै जलेर नष्ट भएको बताउँदै ७ करोडभन्दा बढीको क्षतिको अनुमान गरिएको जानकारी दिए ।

बिर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाईका लागि चीनबाट आयात गरिएका महँगो कच्चा पदार्थ रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *