Sajhamanch Archive

किराँत सभ्यता, संस्कृती र मुन्धुमसँग जोडिएको खुवालुङको किरात राई यायोक्खा दमकद्वारा अवलोकन

Published: in विविधा, समाज by .

दमक । किरात राई यायोक्खा दमकको एक टोलीले सप्तकोशीमा अवस्थित ‘खुवालुङ’को अवलोकन गरेको छ ।

किरात सभ्यता, संस्कृती र मुन्धुमसँग जोडिएको सप्तकोशीमा अवस्थित ‘खुवालुङ’को संरक्षण गर्न किरात राई यायोक्खा दमकको एक टोलीले आज स्थलगत अवोलकन गरेको हो । ‘खुवालुङ बचाउ अभियान’ अन्तर्गत यायोक्खा दमकको टोलीले ‘खुवालुङ’को अवोलकन बताइएको छ ।

टोलीले ‘खुवालुङसहित चामालुङ, फेवालुङ, मछुलुङ र थेवालुङ’को पुजा अर्चाना गर्दै यायोख्खा केन्द्रीय समितिले खुवालुङ बचाउ अभियान सम्बन्धी गरिरहेका कार्यक्रमहरुका बारेमा छलफल र चर्चा गरिएको थियो ।

यायोक्खा दमक नगर समितिका कार्यवहाक अध्यक्ष धनजीत राईसहितको सो टोलीमा किरात राई यायोक्खाका सल्लाहकार तथा बुद्धिजिवी जीतेन राई, पत्रकार अनिलदेब राई, यायोक्खा दमक नगर समितिका सदस्य सृजना राई र रपधन राईले आ–आफ्ना विचारहरु राखेका थिए । सो कार्यक्रममा यायोक्खा दमकका अग्रजहरु भीमप्रसाद राई, अम्बर राई लगायतको सहभागिता रहेको थियो ।

खुवालुङ किरात सभ्यता र संस्कृतीसँग जोडिएको मुन्धुमी अर्थ हो । खुवा अनि लुङको अर्थ पानीभित्रको दुङ्गा भन्ने लाग्छ । खासगरी, सप्तकोशीमा बोटजेट सञ्चालनमा खुवालुङले बाधा गरेको भन्दै सरकारले त्यसलाई फुटाउन प्रयास गरेको हो ।

उदयपुर, सुनसरी र धनकुटाको संगमस्थल सप्तकोशीको त्रिवेणीमा अवस्थित खुवालुङसहित फेवालुङ, चामालुङ, मछुलुङ र थेवालुको संरक्षणमा जुट्नुपर्ने स्थानीय धनकुटा जिल्ला शहिदभूमी गाँपालिकाका वडा नं १ का मेघराज सुवरा राईले बताए ।

उनका अनुसार लामो समय मुलुक द्धन्द्धकालबाट गुज्रिएको र हाल विकासको क्रमसँगै सप्तकोशीमा बोटजेट सञ्चालनमा बाधा भएपछि खुवालुङ भत्काउनका लागि सरकारी प्रयासलाई स्थानीयवासीले असफल बनाएको हो ।

‘खुवालुङ’ फुटाउने प्रयास भयो, स्थानीय मेघराज राईले भने–’खुवालुङसँगै त्यहाँ अवस्थित फेवालुङ, चामालुङ, मछुलुङ र थेवालुङको संरक्षण गर्न आवश्यक छ ।’ यी लुङहरुको संरक्षण नगरे कुनै कुनै समयमा जेटबोट सञ्चालनका नाममा खुवालुङ फुटाउन सक्ने वहाँको भनाई छ । वहाँले ‘खुवालुङ’ संरक्षण संस्था दर्ता गरेर साथीहरु आए, सो संस्थालाई दुई रोपनी जग्गा दिन हाम्रो प्रयास हुने बताए ।

सो क्रममा यायोक्खा दमकका कार्यवहाक अध्यक्ष धनजीत राईले प्रकृति पुजक राईहरुको ‘खुवालुङ’सँग अनेकौ अनेकन खालका सम्बन्धहरु जोडिएको कारणले यसको संरक्षणमा यायोक्खा गम्भिर भएर लाग्न र जुट्न आग्रह गरेका थिए ।

‘खुवालुङ’ अवोलकनका क्रममा यायोख्खा दमक सचिव महेन्द्र चाम्लिङ, सहसचिव सोनी राई र कोषाध्यक्ष रमेश राई, एमएस साङपाङ राई लगायत ३३ जनाको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *