शिवसताक्षीमा लागुऔषध विरुद्ध अभियानको समापन
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीमा लागुऔषध दुव्र्यसनी विरुद्ध अभियानको आज समापन गरिएको छ । शिवसताक्षीमा औषध दुव्र्यसनलाई न्यूनीकरण गर्दै दुर्व्यसनमुक्त नगर बनाउने उद्देश्यले चलाइएको सात दिने अभियान आज शिवसताक्षीको दूधेमा सम्पन्न गरिएको होे ।
शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग तथा लागु औषध दुर्व्यसनमुक्त अभियान उपभोक्ता समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. १, २, ३, ४, ६, ७, ८, १० र ११ का १२ वटा सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुबीच सचेतना कार्यक्रम गरिएको थियो। शिवसताक्षी ११ दूधे स्थित राष्ट्रिय रमणीय आदर्श मावि दूधेमा सचेतना तथा अन्तरक्रियासँगै अभियानको समापन समेत गरिएको छ । समापन कार्यक्रममा शिवसताक्षी ९ स्थित ध्रुबतारा आवासिय मावि तथा शिवसताक्षी ११ स्थित क्याम्ब्रिज अङग्रेजी माविका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई अभियानका सचिव योसा थेवे, सदस्य उद्धव राईले लागु औषध सम्बन्धि श्रब्य दृश्यमार्फत सचेतना सँगै विद्यार्थीहरुमाझ अन्तरक्रिया गरिएको थियो ।
गएको कार्तिक १० गतेबाट शिवसताक्षीका विभिन्न विद्यालयहरुमा लागुऔषध विरुद्धका कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले घर परिवारदेखि सिङ्गो समाज नै ध्वस्त पार्ने लागु औषध दुर्व्यसन विरुद्ध सचेतनाका लागि शिवसताक्षीका सञ्चारकर्मीहरुलाई अभियान गरेकाले प्रभावकारी हुने बताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राईले सञ्चारकर्मीहरुले प्रत्येक घर–घर, टोल–टोलमा सूचना पुग्नेगरी अभियानमा विद्यार्थीहरुलाई रोजेकोमा खुसी व्यक्त गरेकी छन् । उनले सिकेका र बुझेका विषय बस्तुलाई विद्यार्थीहरुले अभियानका रुपमा आफ्नो घर टोल र समाजमा पुर्याउन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह समेत गरेकी छन् ।
समापन कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका राष्ट्रिय रमणीय आदर्श मावि दूधेका प्रधानाध्यापक कालीप्रसाद रिजालले कार्यक्रमको सफलताको कामना गर्दै यो अभियान शिवसताक्षीका लागि एक उदाहरणीय कार्य भएको बताउँदै विद्यार्थीहरुलाई आफू सचेत रहदै घर परिवार तथा समाजलाई सचेत गराउन विद्यार्थीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श मावि दूधेका मावि तहमा सामाजिक विषय अध्यापन गराउँदै आएका शिक्षक श्रीप्रसाद खरेलले विद्यार्थीहरुलाई लागु औषध सम्बन्धि पाठ्य पुस्तकबाट समेत अध्यापन गराइरहेको बताउँदै यो सचेतना तथा अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरुमाझ सचेतना बढाउन प्रशिक्षकहरुले दिएका खुराक प्रभावकारी भएको बताए। त्यस्तै सोही विद्यायलका शिक्षक गोविन्द काफ्लेले अभियान सञ्चालन सुरु भएदेखिका समाचारहरु पढिरहदा कार्यक्रम अत्यन्तै सकारात्मक रहेको बताए ।
कार्यक्रममा ध्रुबतारा आवासिय मावि दूधेकी शिक्षिका डेजी श्रेष्ठले लागु औषध समाजको एउटा घातक रोग भएकाले यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठ्य पुस्तकमा अध्ययन गरेको भन्दा थप विषयहरु अभियन्ता तथा प्रशिक्षकहरुले सिकाएको शिक्षा हामी सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रमा लागु गर्नु पर्नेमा जोड दिएकी थिइन्। कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श मावि दूधेका शिक्षक राजकुमार ठाकुर, क्याम्ब्रिज अंग्रेजी माविका शिक्षक सुमन चापागाँई, लेखक भिम लामा, सूर्योदय टेलिभिजनका दिलिप घिमिरे, साझामञ्च डटकमका सहसम्पादक सरोज भट्टराई लागायतको आतिथ्यता रहेको थियो । लागु औषध दुव्र्यसन मुक्त अभियानका कोषाध्यक्ष छविलाल दवाडीको अध्यक्षतामा भएको सचेतना कार्यक्रमको औचित्य तथा स्वागत कार्यक्रमका अध्यक्ष दवाडीले प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा सतासी साप्ताहिक खबर पत्रिकाका सम्पादक सेलिङ केसीको रहेको थियो ।
Comments