Sajhamanch Archive

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध

Published: in विविधा, विश्व समाचार, समाज by .

काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट घर फर्कँदै । त

यो भेरियन्टलाई बी.१.१.५२९ु नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरुले कोभिडविरुद्ध बनेका खोप नयाँ देखिएको भेरियन्टमा प्रभावकारी नहुन पनि सक्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन्।

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् ।

उनले यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार भाइरसको धेरै उत्परिवर्तनहरू खराब हुन्छन् भन्ने हुँदैनन् तर, उत्परिवर्तनले के गर्छन् भन्ने थाहा पाउन भने जरुरी हुन्छ ।

सबै उत्परिवर्तन भाइरसका लागि राम्रो हुँदैनन् तर, यदि स्पाइक प्रोटिन परिवर्तित भयो भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । जसले संक्रमण गराउन र फैलाउन पनि सक्छ । हालसम्म कोभिड यो भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको छ ।

भेरियन्ट फैलिरहँदा बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ । बेलायतले नयाँ भेरियन्ट नभित्रियोस् भनेर ६ वटा अफ्रिकन देशहरुको आवगमनमा प्रतिबन्ध लगाएको हो ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले प्रेस ब्रिफिङ गर्दै यो भेरियन्ट सोचिएभन्दा पनि छिटो फैलिरहेको जनाएको छ । तर डेल्टा भेरियन्ट जस्तो संक्रामक हुने हो वा होइन भनेर अहिले नै अड्कल लगाउन भने नसकिने दाबी गरेको छ ।

बेलायती स्वास्थ्यमन्त्री शाजिद जावेदले ट्वीट गर्दै भनेका छन्– ‘हामीले नयाँ भेरियन्टको अनुसन्धान गर्दैछौँ । थप तथ्यांकको आवश्यकता छ । हामी अहिले सावधानी अपनाइरहेका छौँ ।ु उनका अनुसार ६ वटा वटा अफ्रिकन देशहरु रातो सूचीम राखिनेछन् र आउने यात्रुहरुले क्वारेन्टाइनमा बस्नुपर्नेछ । दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्सवाना, इसवाटिनी र जिम्बावेका फ्लाइट शुक्रबार राति १२ बजेदेखि आइतबार ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे बुझ्न दक्षिण अफ्रिकी अधिकारीहरूसँग शुक्रबार बैठक बस्दैछन् । यदि यो भेरियन्ट अफ इन्ट्रेस्ट वा भेरियन्ट अफ कन्सर्नको रुपमा पुष्टि भयो भने यसलाई ग्रिक नाम दिइने बताइएको छ । संगठनले यो भेरियन्टको प्रभाव बुझ्नका लागि अझै केही हप्ता लाग्ने बताएको छ ।

दैनिक २०० जस्तो कोभिडको संक्रमण देखिरहेकोमा दक्षिण अफ्रिकामा बिहीबार मात्र २ हजार ४६५ जनामा संक्रमण पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

कान्तिपुरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *