माओवादी स्थायी कमिटी बैठकले दियो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष दाहाललाई
Published: (Updated: )
by .काठमाडौं, मंसिर १७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पुस ११ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।
हिजो बिहीबारदेखि जारी माओवादी केन्द्रको शुक्रबार विहान पनि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा दाहाललाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
राष्ट्रिय सम्मेलनका लागि हिजोको स्थायी कमिटी बैठकमा छलफल भएका केन्द्रीय प्रतिनधिसहित थप प्रतिनिधिहरुलाई पनि प्रस्तावको रुपमा अगाडि बढाइने गरी पार्टी दाहाललाई जिम्मेवारी दिइएको उनको भनाइ छ ।
राष्ट्रिय सम्मेलनका लागि देव गुरुङ, पम्फा भुषाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादवसहितको पाँच सदस्यीय विधान परिमार्जन उपसिमिति गठन भएको महराले बताए ।
यसैगरी, हितमान शाक्यको नेतृत्वमा राष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन भएको उनले बताए ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको पनि उनले जानकारी दिए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन तोकिएको मिति अनुरुप काठमाडौंको प्रज्ञा भवनमा समुद्घाटन हुने जनाइएको छ ।
Comments