Sajhamanch Archive

बिर्तामोडमा महिला जागरण अभियान सचेतना तालिम

Published: in समाज by .

बिर्तामोड । नेपाली समाजमा पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यसलाई रोक्न र सचेतनाका लागि लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. १ को कार्यालयमा महिला मानवअधिकार जागरण अभियान बिर्तामोडले आयोजना गरेको सचेतना कार्यक्रममा २०० जना हाराहारी महिलाको सहभागिता रहेको छ ।

सचेतना कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, वडा न १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष भिमा शिवाकोटी, वडा नम्बर १ का सचिव टिका अधिकारीले महिला हिंस न्यूनीकरणका विभिन्न उपायहरु बारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख प्रसाईले महिला आज महिलाबाटै अपहेलित भएकाले पनि पुरुषले अझ हेलित र पीडित दृष्टिले हेर्न थालेको जिकिर गरिन् ।

पहिले महिलाले महिलाको सम्मान र आदर गर्नुपर्ने आवश्यकता रहेको भन्दै उपप्रमुख प्रसाईले समाजमा भएका महिला हिंसा विरुद्ध आफू गम्भिर भएर लागेको प्रष्ट पारिन् ।

नगर प्रमुख शिवाकोटीले महिला देवीको पहिलो पाइला रहेकाले सबैले सम्मान र सकरात्मक दृष्टिले हेर्न आग्रह गर्दै महिलालाई कुकर्मले हेर्ने जो कोहीलाई पनि त्यत्तिकै छाड्न नहुन तर्क राखे ।

संस्थाका अध्यक्ष दाहालले आफूहरु तीन वर्षदेखि महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको बताउँदै अब महिला हिंसा मुक्त गर्न र महिला जागरण अभियान अझ प्रभावकारी बनाउन कम्भर कसेर लागेको बताइन ।

त्यस्तै पत्रकार भिमा शिवाकोटीले महिला विभिन्न कार्यका अपहेलित भएको भन्दै सचेतना तथा जागरण अभियानले केही हदसम्म त्यो अवस्थाबाट बचाउन सफल भएकोले यस्ता कार्यको सराहना ब्यक्त गर्नुपर्ने जनाइन् ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक राजन न्यौपाने तथा चन्द्रा श्रेष्ठले प्रशिक्षण दिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *