Sajhamanch Archive

बिर्तामोड–भद्रपुर सडक चार लेनको

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानि र हिउँदमा धुलोको कारण सधैँ यात्रुले सस्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडक निर्माणकार्य शुरु भएको छ ।

ठेक्का लाग्ने तर काम नहुने समस्याका कारण बर्षौबाट यो सडक बन्न नसक्दा सामाजिक संजालमा झापाका नेता र स्थानिय सरकार प्रमुखहरुले सर्वसाधारणको गाली खाने गरेका थिए ।

सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको पहलमा ४ दशमलब ०७ किलो मिटर सडक लाई कालोपत्रे गर्दै स्तरोन्नती गर्नेकाम आजबाट सुरु गरिएको हो । २७ करोड रुपैंयाको लगतमा उक्त सडकको स्तरोन्नती गरिने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले जानकारी दिए । यो सडक झापामा पहिलो पटक चार लेनको निर्माण हुन लागेको छ ।

२०७६ साल पुस मसान्त भित्र सम्पन्न गर्ने सम्झौतामा ठेक्केदार राजकिशोर गुप्तालाई सडक स्तरोन्नतीका लागि ठेक्का दिइएको जनाइएको छ । बिर्तामोडको बढ्दो शहिरीकरणसँगै सडकले गाडीको चाप थाम्न नसकेको छैन ।

अस्तब्स्त हुदैं गएबिर्तामोडको मुख्य मार्ग बिर्तामोड–भद्रपुर सडक स्तरोन्नतिको काममा सरोकारवाला निकायल सबैले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले यो सडकको स्तारोन्नतिको काम सुरु भएसँगै अब विकासका कामले गति लिन थालेको बताए । उनले सडक फराकिलो पार्ने काममा सबैलाई सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

त्यस्तै प्रदेश सांसद एकराज कार्कीले सडक विस्तारको कामलाई समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न ठेक्केदारलाई आग्रह गरेका छन् ।

प्रमुख ब्यापारीक केन्द्रको रुपमा रहेको बिर्तामोडको सडक स्तरोन्नतीको काम सुरु गर्नु राम्रो काम भएको उनको भनाई छ ।

बिर्तामोड–भद्रपुर सडक खण्ड अन्र्तगत २.८ किलोमिटर क्षेत्रफल लाई चार लेनको बनाइने र बाँकीलाई दुई लेन अन्र्तगत फराकिलो बनाइने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले बताए । सडकको मोटाई ५ इन्चको हुने पौडेलले जानकारी दिए ।

सडक निर्माणको जिम्मा पाएको आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताए । ‘समय र गुणस्तरमा सम्झौता गर्दैनौ, ठेकेदार गुप्ताले भने–‘खानेपानीको पाइप, बिजुली र टेलिफोनको पोल मुख्य समस्या हो, त्यो समस्या आउन नदिए काम गुणस्तरीय हुनुका साथै सम्झौता भएको समयमा सकिन्छ ।’

नेपाल बिद्युत प्राधिकरण बिर्तामोडका प्रमुख दिपेन्द्रकुमार झाले बुधबारदेखि बिद्युतका पोल सार्ने काम शुरु गर्ने बताए । निर्माण कम्पनिका तर्फबाट उपलब्ध गराएको १५ लाखको चेक बुझ्दै झाले निर्माणाधिन सडकको पोल सार्न ७७ लाख रुपैयाँ खर्च लाग्ने बताए ।

उनले सडक र नालाको बीचमा पोल गाड्ने ब्यवस्था गरिएको जानकारी दिए । अहिले चालु बिद्युतलाई कुनै अवरोध नगरी स्थानान्तरण गरिने समेत उनले जानकारी दिए ।

बिर्तामोड साना शहरी तथा खानेपानी आयोजनाका अध्यक्ष जलकुमार गुरुङले सडक बिस्तारमा खानेपानी बाधक नबन्ने बताए । दुई महिनाभित्रमा खानेपानीको पाइप ब्यवस्थित गरिसक्ने बताउँदै गुरुङले भने–‘नगरको बिकासका लागि हामी बाधक बन्दैनौ ।’

कार्यक्रममा उपस्थित जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेताहरुले बिर्तामोड–भद्रपुर सडक खण्डको स्तरोन्नतिको काममा सबैको साथ रहने प्रतिबद्धता जनाएका छन् । उनीहरुले झापाको गौरबको रुपमा निर्माण हुँदै गरेको यस सडकले बिकासको काममा नयाँ फड्को मार्ने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *