Sajhamanch Archive

एनी फाक्तेप गोल्डकपः तुर्केनीलाई सडनडेथमा हराउँदै धरान सिटीले उपाधि हात पार्यो

Published: in खेलकुद by .

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि धरान सिटी फुटबल क्लबले हात पारेको छ । धरान सिटी क्लब सुन्सरीले तुर्केनी फुटबल क्लब काँकरभिट्टलाई ६ –७ गोल अन्तरले सडनडेथमा उपाधि हात पारेको होे ।

काँकडभिट्टाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी योमीले दिएको पासलाई मिलन राईले गोलमा परिणत थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा धरानका डिफेन्डर जिसोन लिम्बुले काँकडभिट्टाका योमीलाई डिवक्समा फउल गरेपछि पाएको पेनाल्टीमा पुनः क्याप्टेन मिलन राईले गोल थप्न सफल भए ।

यसैगरी धरानका तर्फबाट खेलको २४ औं मिनेटमा विवेक राईले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो । यस्तै अर्को गोल धरानकै विनोद राईले २५ औं मिनेटमा गोल गरे । निर्धारित ८० मिनेटको समयमा दुवैतर्फबाट आक्रमक खेल खेलेको भएपनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा दुवै टिमले ५(५ गोल गरेको अवस्थामा खेलको नतिजा निस्कन नकसेपछि खेल सडनडेथतर्फ धकेलिएको थियो । सडनडेथमा काँकडभिटाका सुवास लिम्बु गोल गर्नबाट चुकेपछि काँकडभिट्टाले हार व्यहोर्दै दोस्रो हुन बाध्य भएको थियो ।

विजेता टिमले नगद १ लाख १ हजार प्राप्त गर्यो भने उपविजेताले नगद ५१ हजार मेडल र ट्रफी प्राप्त गर्यो । खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नम्बर १४ का वर्तमान राई घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरानका आशिष कार्की भए, बेष्ट डिफेन्स काँकडभिट्टाका विशाल दर्जी, बेष्ट मिडफिल्डर धरानका विवेक राई र बेष्ट स्ट्राइकर काकडभिट्टाका इन्द्रहाङ्ग लिम्बु घोषित भए ।

यस्तैगरी राइजिगङ खेलाडी आयोजक टिमका हेमन लिम्बु घोषित भए । उनले नगद ७ हजार प्राप्त गरे भने अन्यले नगद तीन(तीन हजारसहित मेडल र ट्रफी प्राप्त गरेका खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए । त्यस्तै काकडभिट्टाका मिलन राई सर्वाधिक गोलकर्ता घोषित भए उनले प्रतियोगिता अवधिभरमा ४ गोल गर्न सफल भएका थिए । यस्तै प्लेयर अफ दि टुर्नामेन्ट धरानका जर्सी नम्बर १७ का बिष्णु सुनुवार घोषित हुँदै नगद ७ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

गोल्डकप शिवसताक्षी ७ स्थित बालसेवा निमाविको खेल मैदानमा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *