राप्रपाको कुन पदमा कति मतसहित को विजयी?
Published:
by .काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्।
लिङ्देन १८४४ मतका साथ विजयी भएका छन्। थापाले १६१७ मत पाए। ४३१ मत बदर भएको छ।
राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन्।
पाण्डे २५२१ मत ल्याएर निर्वाचित भएका छन्। उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए।
यस्तै खुला उपाध्यक्षतर्फ नै बुद्धिमान तामाङ १९४४ मतका साथ विजयी भएका छन्। उपाध्यक्षकै प्रत्यासी ध्रुवबहादुर प्रधान १८१४ प्राप्त गर्दै विजयी भन्दा महिला उपाध्यक्षतर्फ रोशन कार्की १६८९ का साथ निर्वाचित भइन्।
खुला महामन्त्रीमा डा। धवलशमशेर राणा २२२१ र भुवन पाठक १८०५ मतका साथ विजयी भएको राप्रपा निर्वाचन समितिले जनाएको छ। महिला महामन्त्रीमा भने कुन्ती शाही २००८ मतका साथ विजयी भएकी छन्।
Comments