Sajhamanch Archive

काँकरभिट्टामा दीप प्रज्वलन

Published: in समाज by .

काँकरभिट्टा । संविधान दिवसको पूर्वसन्ध्यामा मेचीनगर नगरपालिका वडानम्वर ६ ले आज साँझ विविध कार्यक्रम गरेको छ ।

नेपाली जनताले आफ्नो हातले संविधान लेखेको र लामो समयपछि आफ्नो कानून आफ‌ै लेखेर जारी गरेको खुशीयाली संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको हो ।

वडाध्यक्ष ललितबहादुर तामाङले वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । त्यसपछि नगरका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले दीप प्रज्जवलन गरेका थिए ।

सो कार्यक्रममा बोल्ने वक्ताहरूले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलहरू एक भएर अघि बढ्न सुझाव दिए ।

नेपाली काँग्रेसका १ नम्वर क्षेत्रीय उपसभापति हर्क फियाक, नेकपाका राजु दाहाललगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन वडासचिव इन्दिरा खरेल ओलीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *