Sajhamanch Archive

लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

बुटवल, नेपाली कांँग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्।

सोमबार बिहान सम्पन्न भएको मतगणनामा पुनले ८५२ मत ल्याएर संस्थापन (शेरबहादुर देउवा) समूहका भरत कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ७ सय ६७ मत ल्याएका छन्।

पार्टी सभापति देउवासहित केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलगायत नेताहरू शाहलाई जिताउन अन्तिमसम्म खटिएका थिए। रोल्पा कांँग्रेसका निवर्तमान सभापति, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य पुनले ८५ मतान्तरले सार्वजनिक लेखा समितिका सभापति, पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य शाहलाई पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार उपसभापतिमा भने संस्थापन इतर समूहका अष्टभुजा पाठक पराजित भएका छन्। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ ८४७ मत सहित निर्वाचित भएका छन्।

त्यसैगरि संस्थापन पक्षका राजुखनाल ७९२ मत सहित विजयी भएका छन्। पदाधिकारीमा संस्थापन इतरको समूह विजयी भएको छ।

शनिबार रातीदेखि सुरु भएको मतगणना आइतबार बिहान सकिएको हो। लुम्बिनीमा १ हजार ६सय ३१ मत खसेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *