Sajhamanch Archive

आफैंले मतदान नगर्दा घिमिरे पराजित भएपछि शेखरले मागे माफी

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्।

तीन नेताले मतदान नगरेको अवस्थामा घिमिरे दुई मतले पराजित भएका हुन्। सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता उद्धव थापा ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ मत ल्याएका थिए। घिमिरे हारको मुख्य कारण तीन नेताले मतदान नगर्नु रहेको विश्लेषण भइरहेको छ।

त्यही क्रममा शेखरले सामाजिक सञ्जालमार्फत घिमिरे पराजयका विषयमा माफी मागेका हुन्। उनले आफ्नो कमजोरी प्रति सचेत रहँदै गल्ती भए माफ गरिदिन भनेका छन्।

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने–नपाउने विषय सुरु देखि नै ‘संशय’ थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

Image

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *