सभापतिको साझा उम्मेदवार तय गर्न काँग्रेस संस्थापनइतरको केन्द्रीय सदस्यको बैठक बस्दै
Published: (Updated: )
by .काठमाडौं– सभापतिमा साझा उम्मेदार बनाउने बारे नेपाली कांग्रेस संस्थापनइतर सहमति नजिक पुगेको छ।
सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको शीर्षनेताहरुको बैठकमा साझा उम्मेदवार उठाउनेबारे सकारात्मक छलफल भएको एक नेताले बताए। बैठकले यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।
सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको थियो। उनीहरुको निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बोलाइएको छ।
दुई दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्ने समझदारी बनेको एक नेताले बताए। सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज बैठक बस्न लागेको हो।सो समुहबाट सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्।
Comments