Sajhamanch Archive

एकैपटक स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १,६१३ कर्मचारीको एकैपटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १,६१३ कर्मचारीको मंगलबार सरुवा गरेको हो ।

अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

‘लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो’ मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले बताए ।

‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत अनुरोध छ’ सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *