Sajhamanch Archive

अध्यक्ष कप क्रिकेटः बाह्रदशीलाई हराउँदै झापा गाउँपालिका फाइनलमा प्रवेश

Published: in खेलकुद by .

मदरगाछ ।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

झापा गाउँपालिका(७ को जनकल्याण माविको मैदानमा बिहिबार सम्पन्न खेलमा झापाले ६२ रनले बाह्रदशीलाई पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो।

१३२ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदशीले १४ दशमलब ४ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सक्यो।

झापाको व्याटिङ तर्फ राज सिटौलाले ४५ बलमा ५१ रन, निरज यादवले १३ बलमा २५ रन,अंकित दासले ११ बलमा १५ रन जोडे। बह्रदशीको बलिङ तर्फ राजा सहानिले ३ विकेट राकेश राजबन्शी र अलमास आलमले समन २(२ विकेट र दिपु चौधरिले १ विकेट लिएका थिए भने एउटा रन आउट रहेको थियो।

त्यस्तै दोस्रो इनिंगमा बाह्रदशीको व्याटिङमा इर्शाद आलमले २३ बलमा २३ रन बनाए भने अरु व्याट्समेनहरुले दोहोरो अंक जोड्न सकेनन।बलिङ तर्फ झापाका निरज यादबले ३ विकेट, राज सिटौला,अंकित दास र सज्जाद आलमले समान २(२ विकेट र प्रदीप कुमारले १ विकेट लिए।

खेलमा म्यान अफ द म्याच झापाका राज सिटौला घोषित भए।

प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं–७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *