Sajhamanch Archive

आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवाले बोलाए बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।

देउवा निकट एक नेताका अनुसार बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा पार्टीको आसन्न (१४औं) महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने जनाइएको छ।

हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर सम्भवतस् भोलि बिहान नै निर्णय हुन्छ होला, ती नेताले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *