Sajhamanch Archive

पौडेलले गरे सिटौलालाई सहयोगका लागि आग्रह, आफ्नो समूह भित्र परामर्श गरेर निर्णय दिने सिटौलाको जवाफ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेसभित्र नेताहरुको भेटघाट बढेको छ।

इतर समूहबाट साझा उम्मेदवार छान्न दौडधुप गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल भेटघाटकै क्रममा बुधबार बिहान कांँग्रेस भित्रको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलालाई फकाउन उनको धुम्बाराहीस्थित निवास पुगेका हुन् ।

वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रीत छलफल भएको सिटौलाका सहयोगी किरण सिटौलाले जानकारी दिए।

‘महाधिवेशनकै बारेमा कुराकानी भयो, रामचन्द्र दाइले म सर्वसम्मत हुन्छु, मलाई सघाउनुस् भनेर भन्नुभयो, उहाँहरुबीच आधा घण्टा जस्तो छलफल भएको हो’, सिटौलाले भने ।

छलफलमा सहभागी नेता प्रदीप पौडेलले नेता सिटौलाले भने आफ्नो समूह भित्र परामर्श गरेर निर्णय दिने जवाफ दिएको जानकारी दिए ।

म पराशर्म गरेर भन्छु, अहिले नै मेरो केही निर्णय छैन, म साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु’, सिटौलाले वरिष्ठ नेता पौडेललाई दिएको जवाफबारे जानकारी दिंदै नेता पौडेलले भने ।

कांँग्रेसको संस्थापन इतर समूहबाट पौडेल आफैं सभापतिको साझा उम्मेदवार बन्ने गरी अघि बढेको यो भेटलेसमेत संकेत गरेको छ । उनी सबै शीर्ष नेताहरुबाट सहमति जुटाएर सकेसम्म आफैं इतर समूहको साझा उम्मेदवार बन्ने दाउमा छन् ।

सिटौलाले भने यसअघि नै आफू टिमसहित महाधिवेशनमा अघि बढ्ने बताउँदै आइरहेका छन् । उनले थप निर्णय भने गरिसकेका छैनन् । सिटौला समूहको बैठक दैनिकजसो बस्दै आएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *