Sajhamanch Archive

आज कांँग्रेस केन्द्रीय समिति बैठक बस्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।

कांँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ।

शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो। आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुन: नेतृत्वका लागि चुनाव लड्दैछन्। संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *