Sajhamanch Archive

मेचीनगरमा जनप्रतिनिधिले मापदण्ड मिचेको ने क पाको आरोप

Published: in स्थानीय तह by .

मेचीनगर । मेचीगनगर १० धुलाबारी चोक उत्तर तर्फको नयाँ प्लटिङ क्षेत्रमा तोकिएको खुल्ला क्षेत्र मासेर संरचना निर्माण शुरु भएको प्रति गभ्भिर असमति जनाउँदै नेपाल कम्प्युनिष्ट पार्टी(ने क पा) मेचीनगरले नगरपालिका कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

धुलाबारी चोक उत्तर तर्फ ६ बिगाहा जग्गामा प्लटिङ गर्न नगरपालिकाको मापदण्ड अनुसार ५ कठ्ठा १८ धुर जग्गा खुल्ला ठाउँ (ओपन स्पेस) छोड्नु पर्ने प्रावधान अनुसार नै नक्सा पास भएकोमा उक्त पास भएको नक्सा बिपरित जग्गा धनी सुवासराज काफ्लेलाई नगरपालिकाबाट खुल्ला ठाउँ भनि नक्सा पास भएकै स्थानमा होटल निर्माणका लागि प्रक्रिया अगाडी बढाउन अनुमति दिएको भन्दै नेकपा मेचीनगरले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

ठुलो संख्यामा नगरपालिका कार्यालय पुगेका ने क पाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा नेकपा नगर ईन्चार्ज देवकुमार राईले मेचीनगर उपप्रमुख मिना उप्रेतीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकालाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ “नगरप्रमुख बिमल आचार्यसमेतको संलग्नतामा नगरपालिकाले स्वीकृत गरेको नक्सा बिपरित संरचना निर्माण गर्न दिने वातावरण बनाईदिने कुराले अनियमिता भएको आशंका उत्पन्न भएकाले त्यसको उचीत जवाफ माग गर्दछौं ।”

नेकपाका नगर नेतृत्वहरु देवकुमार राई, राजु पोखरेल, माधव अर्याल र प्रकाश भण्डारीको संयुक्त हस्ताक्षर रहेको ६ बुँदे ज्ञापन पत्रमा भनिएको छ “नक्सामा भएको ५ कठ्ठा १८ धुर खुल्ला स्थान कता हरायो ?”

उपप्रमुख उप्रेतीलाई हस्तान्तरण गर्नु अघि नेकपा नेता माधव अर्यालले बाचन गर्नु भएको ज्ञापन पत्रमा नगरको सम्पत्ती कर लाग्ने स्पष्ट मापदण्ड र आर्थिक नियमावली हुँदा हुँदै नगरप्रमुखको ठाडो तोक आदेशका भरमा उक्त जग्गालाई मात्र लक्षित गरी एकमुष्ठ रकम कर बापत लिन निर्देशन गरेको, कुनै ब्यवशाय दर्ता नगरी एक जना ब्यक्तिलाई मेचीनगरकै महत्वपूर्ण स्थानमा भएको जमिनमा प्लटिङ गर्न स्वीकृति प्रदान गरेको जस्ता बिषयमा नगरपालिकाले जवाफ दिनु पर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख मिना उप्रेतीले यस बिषयमा आफ्नो र नगरपालिकाको गभ्भिर ध्यानाकर्षण भएकाले यसको बिस्तृत अध्ययन गरी आवश्यक प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाइन् ।

जग्गा धनी काफ्लेले ९ तले होटलको संरचना निर्माणका लागि निवेदनसहित नक्सा पेश गरे पछि नगरपालिकाले उक्त नक्साका सम्बन्धमा शहरी बिकास तथा भवन निर्माण बिभाग काठमाण्डौमा चेक जाँच गरी स्वीकृतिका लागि २०७५ भदौ १३ गते पत्राचार गरेको छ ।

तर भवन बिभागको स्वीकृति नआएकै अवस्थामा जग्गा धनी सुवाशराज काफ्लेले नगरपालिकाले यस अघि नै स्वीकृत गरेको नक्सामा भएको खुल्ला स्थानमा नै अहिले होटल इष्ट्रन नेपाल प्रालीका नामबाट संरचना निर्माण शुरु गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *