Sajhamanch Archive

निधिले गरे पौडेललाई सर्वसम्मत सभापति बनाउने नयाँ प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं , नेपाली कांँग्रेसका उपसभापति विमलेन्द्र निधिले आज सुरु हुँदै गरेको १४ औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन्।

अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने बताएका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेतारकार्यकर्तासँग आह्वान गरेका हुन्।

पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउँदा न्याय पनि हुने र देशभरका कांग्रेसजनमा एकताको सन्देश पनि जाने उनको दाबी छ।

‘पौडेल सर्वसम्मत सभापति नबनाइए मेरो उम्मेदवारी यथावत् नै छ’, निधिले भने। हिजो बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेल सहभागी नहुनु दुःखद कुरा भएको पनि निधिले बताए।

संस्थापन पक्षका नेता निधिले सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै आफू पनि यो महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने कुरा यस अघिदेखि नै बताइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *