राजेन्द्र लिङ्देनलाई केपी ओलीको व्यंग्य : भर्खरको बाछो हिँड्न जान्दैन
Published:
by .काठमाडौं, नेपाली कांँग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनमाथि व्यङ्ग्य कसेका छन्।
महाधिवेशनमा शुभकामना राख्ने क्रममा लिङ्देनले राजतन्त्र र राजाको पक्षमा बलियोसँग वकालत गरेपछि ओलीले त्यो कुरा सम्भव नभएको भन्दै व्यंग्यात्मक जवाफ दिएका हुन्।
अहिलेको समयमा पनि जन्मिँदै शासक हुने सिद्धान्त मान्नु र नागरिकबाट नेता जन्मन सक्दैन भन्ने ठान्नु गलत भएको ओलीले बताए। उनले यस्तो निराधार सिद्धान्त, संयुक्त राष्ट्र संघको मान्यताविपरित भएको बताए।
नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, जन्मिन सक्दैन भन्ने चिन्तन नै गलत छु, उनले भने, हरेक नेता चोर हुने जस्ता कुरा बोकेर हिँडेकाहरुले सिक्नु जरुरी छ।
उनले भर्खरै राप्रपा अध्यक्ष भएका लिङ्देनलाई जन्मिनेबित्तिकै हिँड्न नजान्ने बाछोसँग तुलना गरे।
‘हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई’, ओलीले लिङ्देतिर व्यंग्यवाण प्रहार गर्दै भने, ‘भर्खर भर्खरको बाछो हिड्न जान्दैन, अलिक बढी कुद्छ क्या ? अलिक समयमा ठीक ठाउँमा आउला भन्ने मलाई लागेको छ।’
Comments