सदस्यको मुटुको अपरेशन गर्न एनएमसीको २५ हजार सहयोग
Published:
by .शिवसताक्षी । झापाको मेचिनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको मुटुको अपरेशनमा सहयोग गरेको छ ।
एनएमसी केरखाका एक सदस्यलाई मुटुको अपरेशन गर्न २५ हजार राहत सहयोग प्रदान गरेको हो ।
एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य खडग् बहादुर मैनालीको संस्थामा ६ हजार भन्दा बढिको शेयर लगानी रहेकाले संस्थाको गैर वित्तिय कारोबार अन्र्तगत दुखमा पनि एनएमसी भन्ने कुरालाई आत्मसाथ गर्दै हालको कमल ३, केराधाप स्थित कञ्चनजङ्गा आधारभुत विद्यालयमा एक कार्यक्रम आयोजना गरि सहकारीले २५ हजार रुपैयाँ प्रदान गरेको चुलाचुली एनएमसी प्रमुख हेमन्त नेपालले जानकारी दिए ।
सहकारीको केरखा कार्यालयगत उपसमिती संयोजक अग्नि प्रसाद कोइराला, केरखा कार्यालय एकाई न. २ कि संयोजक कृष्ण कुमारी आचाय , एकाई न. २ सदस्य कल्पना निरौला ,केरखा कार्यालय प्रमुख बिनिता बस्नेत, कर्मचारी ममता बस्नेत, अनुप घिमिरे, राज कुमार मण्डल लगायतको टोली मैनालीको परिवारलाई एक कार्यक्रमका बिच राहत रकम हस्तान्तरण गरेको थियो । संस्थामा रहेका सम्पुर्ण शेयर सदस्यको दुख सुखमा साथ दिने अभियानका साथ संस्था राहत लिएर गएको थियो ।
करिब ४० जना बढि उपस्थिती रहेको उक्त राहत वितरण कार्यक्रममा संस्थामा ६ हजार रुपैयाँ भन्दा बढी शेयर मौज्दात भएमा सदस्यलाई कुनै दिर्घरोग लागेर धेरै खर्च भएमा रु २५ हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
Comments