विर्तामोडमा जयन्ती लाइट हाउस सञ्चालनमा
Published:
by .विर्तामोड । झापाको बिर्तामोड–४ स्थित बिजुली अफिस अगाडि जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । भद्रपुर रोड स्थित बिजुली अफिसको अगाडि बिर्तामोडका युवा व्यवसायी विवेक अग्रवाल र निलम अग्रवालले करीब २ करोड बढिको लगानीमा उक्त लाइट हाउस सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच २०४६ सालदेखि झापाको बिर्तामोडमा इलेक्ट्रोनिक्स सामाग्रीको व्यापार गर्दै आएका लाइट हाउस सञ्चालक विवेकका पिता दिपचन्द अग्रवालले उद्धघाटन गरेका छन् ।
करीब ३ दशकदेखि दिपचन्द अग्रवालले बिर्तामोडमै मनिषा इलेक्ट्रोनिक्स चलाउंदै आएका छन् ।
बढ्दो शहरीकरणसँगै विभिन्न प्रकारका लाइटहरुको माग बढेसँगै लाइट हाउस सञ्चालनमा ल्याइएको सञ्चालक विवेकको भनाइ छ ।
अहिले बिर्तामोडमा विभिन्न प्रकारका लक्जरी लाइटको माग बढ्दै जानथालेको तथा बजारको माग र युग सुहाउँदो लाइटहरु पाइने पसल अभाव देखिएपछि लाइट हाउस सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
ग्राहकले पैसा भएर पनि चाहाना अनुसारको लाइट नपाइरहेको अवस्थामा ग्राहकको सुविधाकोलागि लाइट हाउस सञ्चालनमा ल्याएको सञ्चालक अग्रवालको भनाई छ ।
विभिन्न व्यापारिक प्रतिष्ठान, होटल, औद्योगिक क्षेत्र, सडकमा चाहिने विभिन्न प्रकारका लाइटहरु पसलमा उपलब्ध रहेको सञ्चालकको भनाई छ ।
पसलमा १० हजार देखि डेढ लाखसम्मका झुमर समेत रहेको छ । ग्राहकको माग बमोजिमका अन्य आइटमहरु पनि उपलब्ध गराइने जनाइएको छ ।
हाल ५ जना कर्मचारी रहेको लाइट हाउसमा आवश्यकताका आधारमा क्रमश वढाइने उनले बताए । साथै उनले २०४६ सालदेखि पिता दिपचन्दले गर्दै आएको पेशालाई नै आफुले निरन्तरता दिएको बताएका छन् ।
Comments