पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त
Published:
by .पुबुदु दासानायके नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको थियो।
पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो। यसअघि क्यानले मुख्य प्रशिक्षकमा आवेदन दिएका ६० जनामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको थियो।
जसमा भारतीय प्रशिक्षक मोन्टी देसाईसँगै राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु, श्रीलंकाका अशंखा गुरुसिंहा, न्यूजिल्याण्डका ग्रान्ट ब्राडवर्न र श्रीलंकाका रुवान कल्प थिए।
क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरेको थियो।
छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि थिए।
समितिले मोन्टी देसाईलाई १ नम्बरमा छनोट गरे पनि उनीसँग पारिश्रमिक र समयको कुरा नमिलेपछि पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरिएको हो।
Comments