स्वस्थ्य जिवनका लागी योग आवश्यक
Published:
by .कमल । मानिसमा खानपान र नतावका कारण पछिल्लो समय विभिन्न रोगले सताउन थालेको छ ।
व्यास्त जिवन शैली र खानपानमा विभिन्न प्रकारका फास्टफुडको प्रयोगले यतिवेला मानिसलाई विभिन्न रोगले सताई रहेको छ र यस बाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको योग रहेको कार्यक्रमका सहभागीले बताए ।
शनिवार झापाको मेचीनगर ५ स्थित काँकडभिट्ठा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न पातन्जल योगसमिती नेपाल द्वारा आयोजित ३९० घण्टाको आधारभुत योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम अन्तरगत १०० घण्टाको प्रयोगात्मक कक्षाको उद्घाटन सत्रको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
योग हाम्रा पुर्खाले सुरुगरेको भएपनि यसलाई पछिल्लो समय यसलाई फरक तरिकाले प्रयोग गर्न थालिएको छ । रोगीकालागी उपचार पद्घती, निरोगीकालागी जिवन पद्धती, विद्यार्थीकालागी क्षमता अभिवृद्धि , खेलाडीकालागी सन्तुलन पद्धती रहेको पातन्जली योग समिती नेपालका उपाध्यक्ष गंगा प्रसाद ढकालले बताए ।
मानिसले यति राम्रो जिवन पाएपनि जिउने तरिका नजानेका कारण समस्या ग्रस्त हुँदै गरिरहेको छ । यस्तो अमुल्य जिवन पाएर पनि यसको आत्मसाथ गर्न सकेका छैनौ । परिवारमा एक जना सदस्य विरामी हुनु भनेको सिंगो परिवारका साथै समुदायमा समेत त्यसको असर पर्न सक्छ त्यसैले यसबाट मुक्ति पाउने एक मात्र उपाय योग रहेको काँकडभिट्टा ट्टबहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मि प्रसाद उप्रेती जानकारी दिए ।
पछिल्लो समय स्कुल र कलेजमा योगको महत्व बढ्दै गैरहेको छ । रोग लाग्नु भन्दा पहिलै आफ्नो शरिरलाई स्वस्थ्य राख्न सक्यौ भने विभिन्न रोगबाट बच्न सकिन्छ । त्यसैले रोग लागेर योगमा धाउनु भन्दा पहिले नै आफ्ना नानिहरुलाई यस तर्फ लाग्न प्रेरित गर्न आवश्यक रहेको पातन्जल योग समिती १ नम्वर प्रदेश अध्यक्ष गोविन्द प्रसाद तिवारीले बताए ।
कार्यक्रममा पातन्जल योग समिती झापा जिल्ला अध्यक्ष श्याम ल्वागुन,दमक नगर समिती अध्यक्ष हेमन्ति देबी गजुरेल, सदस्य लिलावन भारती लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम पातन्जल योग समिती १ नम्वर की कोषाध्यक्ष अनिता गुरागाँईले सन्चालन गरेको कार्यक्रमको सदस्य रेखा पराजुलीले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए ।
Comments