रवीन्द्र मिश्रले गरे कांँग्रेस मतदाताको आलोचना
Published: (Updated: )
by .काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा पुनः नेपाली कांँग्रेसको सभापति बनेकामा विभिन्न दलका नेताले बधाई तथा शुभकामना दिइरहेका बेला विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भने असन्तुष्टि व्यक्त गरेका छन्।
कांग्रेस सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनबाट शेखर कोइरालालाई हराउँदै देउवा बुधबार बिहान विजयी घोषणा भएका हुन्।
यसका लागि उनलाई देश–विदेशबाट बधाई आउने क्रम जारी छ। तर, विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले भने देउवा दोहोर्याएकामा कांँग्रेस महाधिवेशनका मतदाताको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन्, ‘मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन।’
Comments