शिवसताक्षीमा अभिमुखिकरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शुरु गरिएको छ ।
नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच रोजगार कार्यक्रमको उद्घाटन गर्दै रोजगार कार्यक्रमका लागि छनोट भएका ११० जनालाई काम सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
रोजगार कार्यक्रमको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उप मेयर भोजकुमारी नेपाल र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेका हुन् ।
रोजगार कार्यक्रम २०७८÷ ७९ का लागि अधित्तम १०० दिन सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा उद्देश्य, प्रकृति, काम गर्ने विधी, सम्बन्धित समूहको जिम्मेवारीका बारेमा प्रश्ट्याइएको थियो ।
कार्यक्रममा काम गर्ने शिलशिलामा आइपर्ने सम्भावित दुर्घटना र त्यसको न्युनिकरणका उपायहरु, प्राथमिक उपचारसँग सम्बन्धित विषयहरु जानकारी गराइएको शिवसताक्षी नगरपालिका रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । त्यस्तै कार्य स्थलमा अपनाउनु पर्ने अनुशासन र आचरण सम्वन्धि कुराहरुको बारेमा जानकारी गराइएको थियो ।
रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने कामदारले दैनिक ५७७।– रुपैया रकम पाउने र उनीहरुलाई गम्भिर प्रकृतिको चोटपटक लागे उपचार खर्च र मृत्यु भएमा ७ लाख सम्मको विमा समेत संयोजक तिम्सिनाको भनाई छ ।
कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रधानमन्त्री रोजगार कार्यक्रम अतिविपन्न लक्षित कार्यक्रम भएकाले सबैलाई समेट्न नसकिएपनि नगरका विपन्न परिवारलाई राहत मिलेको बताए । यस कार्यक्रमले अन्य नगरहरुमा भन्दा शिवसताक्षीमा प्रभावकारी रुपमा काम भएको जानकारी दिए । प्रमुख सेर्माले रोजगार कार्यक्रममा आवद्ध भएका सबैलाई शुभकामना दिएका थिए । कार्यक्रम सुरुवातमा १० ओटा वडाहरुमा हुने नगरका वार्षिक कार्यक्रम समेटिएका योजनाका कामहरु गराइने बताइको छ ।
रोजगार कार्यक्रममा लागि विभिन्न उपभोक्ता समिति बनाइएको र आउँदो शुक्रबार सो समितिलाई कार्य सम्पादनसँग सम्वन्धि विषयमा तालिम समेत दिइने समेत रोजगार संयोजक तिम्सिनाको भनाई छ ।
Comments