Sajhamanch Archive

एनएमसीमा सफ्टवेयर चलाउन सहजीकरण

Published: in सहकारी by .

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)–ले आज विभिन्न कार्यालयका कर्मचारीहरुलाई सफट्वेयर अपरेटिङ सम्बन्धी तालिम प्रदान गरेको छ ।

काँकरभिट्टास्थित संस्थाको प्रधान कार्यालयमा बुधबार सम्पन्न तालिममा संस्था अन्तर्गत बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा र ईंटाभट्टा, खुट्टीडाँगी, बौद्धमोड सम्पर्क कार्यालयका कर्मचारीहरुलाई तालिम दिइएको हो ।

तालिममा संस्था अन्तरगतका लेखा तथा खोज अनुसन्धान तथा विकास विभाग प्रमुख नवीन भण्डारीले संस्थाले हालै ल्याएको सदस्य सर्वेक्षण सफ्टवेयर तथा लेखा प्रणालीका आधारभूत कुराबारे सहजीकरण गरेका थिए ।

त्यस्तै संस्थाका आईटी विभाग प्रमुख लीलाराज कुँवरले संस्थामा सञ्चालित सफ्टवेयरका साथै संस्थाले सञ्चालनमा ल्याएको मोबाइल ई–बैंकिंग सम्बन्धी सहजीकरण गरेका थिए ।

संस्थाका मानव संसाधन विभाग प्रमुख जीवनमणि कटुवालले संस्थाले यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको रिगो एचआर सफ्टवेयर बारे सहजीकरण गरेका थिए ।

संस्था सञ्चालक समिति सदस्य एवम् शिक्षा तथा तालिम समितिका सदस्य भगवती घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अध्यक्षको रुपमा बोल्दै घिमिरे संस्थाले सामुदायिक क्रियाकलापमा खेलेको भूमिकाको चर्चा गर्दै एनएमसीको यो अभियानमा सगौरव लागिपर्न सबै कर्मचारीलाई आह्वान गरेकी थिइन् ।

संस्थाको सामुदायिक विभाग प्रमुख पारसचन्द्र भट्टराइले सञ्चालन गरेको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *