Sajhamanch Archive

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ।

प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले फराकिलो अग्रता लिएका छन्। १७ सय ७५ मत गन्दा गगन थापाले ११ सय ८१ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्‍वप्रकाश शर्माले ७२० मत प्राप्त गरेका छन्।

तेस्रोमा रहेका प्रकाशशरण महतले ५९५ मत ल्याउँदा प्रदीप पौडेलले ५४० मत ल्याएर महतलाई पछ्याइरहेका छन्। प्रदीपपछि मिनेन्द्र रिजालले ३१० मत प्राप्त गरेका छन्।

महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्‍वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।

यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *