गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१
Published:
by .काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्।
२१२० मत गणना हुँदा
गगनकुमार थापा- १३८५
विश्व प्रकाश शर्मा – ८५१
प्रदीप पौडेल(६२१
डा प्रकाशशरण महत- ६९८
डा मीनेन्द्र रिजाल- ३६५
डा राजाराम कार्की – ५९
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ ले मतदान गरेका थिए।
सभापतिमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनस् मतदान भएको थयो। उक्त मतदानबाट शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भएका थिए।
सभापतिको नतिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।
Comments