Sajhamanch Archive

कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

२९२० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले १९०९ मतसहित अग्रता कायम राख्दा शर्मा ११९४ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत ९७२, प्रदीप पौडेल ८७०, मीनेन्द्र रिजाल ४९५ र राजाराम कार्कीले ६७ मत ल्याएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *