Sajhamanch Archive

सामाजिक विकास मन्त्री यादवद्वारा नैतिक शिक्षामा जोड

Published: in प्रदेश तह, विविधा by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाइ थियो ।

मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले आधुनिकीकरणका नाउँमा विद्यार्थीहरुले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, विकास मात्र हैन, नैतिक शिक्षा पनि आवश्यक छ ।’ सुकुना मावि नमूना विद्यालय भएको भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गन छ । मन्त्री यादवले भने,‘ विगतमा पनि प्रदेश सरकारबाट भएको सहयोग शिक्षा विकासमा लगानी भएको छ, हामी सहयोगलाई निरन्तरता दिन्छौं ।’

सुकुना माविले विभिन्न आरोह–अवरोह पार गर्दै ५० औं वर्षमा प्रवेश गरेको भन्दै मन्त्री यादवले विद्यालयको थप सफलताको कामना व्यक्त गरे । सामुदायिक विद्यालयहरुमा सुधार आवश्यक रहेको उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *