Sajhamanch Archive

कांँग्रेस केन्द्रीय सदस्य खुलातर्फ मतगणना आज, ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली कांँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत आज ९शनिबार० खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु गरिँदै छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।

कांँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु गरिनेछ। ​

खुला केन्द्रीय सदस्यका ३५ सिटमा पूर्वपधाकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन्।

पूर्वमहामन्त्री डा. शशांक कोइराला तथा नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्।

यस्तै यसपटक केही नयाँ अनुहार पनि चुनावी मैदानमा छन्। बौद्धिक व्यक्तित्व प्रा.डा. गोविन्दराज पोखरेल, पर्यटन व्यवसायी राजेन्द्र बजगाईं, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगानालगायत केन्द्रीय सदस्यको लडाइँमा छन्।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार खुलातर्फ सकेपछि अन्यतर्फका केन्द्रीय सदस्यको मतगणना गरिनेछ।

तर, मधेसीतर्फ चार महिलासहित ९ जनामध्ये एक महिला केन्द्रीय सदस्यमा भने चिलेखा यादव विजयी भइसकेकी छन्। उनले अब यसको बाँकीसहित अन्यतर्फका केन्द्रीय सदस्यको मतगणना खुलातर्फ सकेपछि सुरु गरिने जानकारी दिए।

खुला केन्द्रीय सदस्य ३५ , महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी(जनजाति १५, खस(आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गतताबाट १ सदस्य गरी कूल १२१ जना सदस्य निर्वाचनबाट चुनिनेछन्।

यसबाहेक पदाधिकारीतर्फ १३ जना शुक्रबारसम्म चुनिइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *