काठमाडौंको तापक्रम यस वर्ष अहिलेसम्मकै कम, २.६ डिग्रीमा झर्यो
Published:
by .काठमाडौँ, काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको हो।
यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ।
काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन्।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ३ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव एक डिग्री सेल्सियस छ।
Comments