Sajhamanch Archive

२९ सय ९३ मतगणना हुँदा कोइराला अगाडि, साउद र खाँड पछिपछि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ ।

आइतबार अपरान्ह ३ः१५ बजेसम्म २९ सय ९३ मतगणना भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमध्ये केन्द्रीय सदस्य खुलातर्फ डा.शशाङ्क कोइरालाको २४ सय ४२, एन.पी. साउदको १८ सय ९६, ज्ञानेन्द्रबहादुर कार्कीको १७ सय ६४, अर्जुननरसिंह केसीको १७ सय १०, उदयशमशेर राणाको १८ सय ८ मत छ । निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना आजै सम्पन्न हुने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *