Sajhamanch Archive

सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दलहरुबीच सहमति पछि मात्रै संसदमा लगिने भएको छ।

आइतबार बसेको सर्वदलीय बैठकमा सत्ता गठबन्धनबीच समझदारी बनेपछि मात्र एमसीसी संसदमा टेबुल गरिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि आजै बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेश गर्ने समझदारी गरेको थियो। सोही समझदारी सर्वदलीय बैठकबाट अनुमोदन भएको हो।

सत्तारुढ दलहरुमध्ये नेपाली कांँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी परिमार्जन नगरी पास गर्न नहुने अडानमा छन्। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएन।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टसहित सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *