Sajhamanch Archive

वनका मान्छेलाई तालिम

Published: in समाज by .

भद्रपुर । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारासहित वन ऐन २०४९ को संशोधन अन्र्तगत दोस्रो वन ऐन संशोधन २०७३ बारे दुई दिने अन्तरक्रिया सम्पन्न गरिएको छ ।

चन्द्रगढी वन समितिको आयोजनामा भद्रपुर ९ स्थित समितिको कार्यालयमा सहायक वन अधिकृत राजन राई र सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौडेलले वन संरक्षण, सामुदायिक वन स्रोत सर्वेक्षण, वैज्ञानिक वन व्यवस्थापन र अधिकार प्रयोग विषयमा दुई दिने प्रशिक्षण प्रदान गरेका हुन् ।

समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिमा आवद्ध वन पदाधिकारी, रक्षक, कर्मचारी तथा उपभोक्ताले सहभागिता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *