धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन : अध्यक्ष नेपाल
Published:
by .काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि पनि प्रतिगमनको सपना नदेख्न केपी ओलीलाई चेतावनी दिएका छन् ।
पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु झन्डै गुमेको स्मरण गरे ।
समाजवादी प्रेस संगठन नेपालले ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ लाई ‘कालो दिन’को रुपमा मान्दै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै नेपालले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई चिन्न नसक्दा मनोमानी भएको पनि बताए ।
‘तात्कालीन अध्यक्ष कमरेड प्रचण्डले धुर्त ओलीलाई चिन्न सक्नुभएन । कमरेड दाहाल सोझो हुनुभयो । पार्टी एकताको क्रममा भएको सहमतिअनुसार आधा–आधा प्रधामन्त्री सम्झौताअनुसार अब मलाई दिनुस् भन्न सक्नुभएन । त्यसैको बलमा ओलीले मनोमानी गरे’ नेपालले भने ।
पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी हुँदा अवस्था जटिल बनेको बताए ।
आफू ओलीसँग लामो समय संगत गरेको र भित्रबाट चिनेको बताउँदै उनले ढिलोगरी मात्र प्रचण्डले ओलीलाई चिन्दा परिस्थिति धेरै अघि बढिसकेको तर सबै एक भएर प्रतिगमन परास्त भएको बताए ।
Comments