Sajhamanch Archive

दुई हजार ६५० मतगणना सकियो, डीला, पुष्पा र राणाकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) को मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दुई हजार ६५० मतको गणना सकिएको छ ।

केन्द्रीय सदस्य पदमा गणना जारी रहँदा ड. डीला पन्त संग्रौलाले एक हजार ६५०, पुष्पा भुसाल गौतमले एक हजार ५५९, आरजु राणा देउवा एक हजार ४५६, अम्बिका बस्नेत एक हजार ३१०, ईश्वरी न्यौपाने एक हजार २९६, सरिता प्रसाई एक हजार १९० मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, रमा कोइरालाले एक हजार ५८, सुशीला ढकालले एक हजार ४१, रंगमती शाहीले एक हजार २५ र अनिता देवकोटाले ९९१ मत प्राप्त गरेका छन् ।

मतगणना साँझसम्ममा घोषणा हुनसक्ने जानकारी निर्वाचन समितिले दिएको छ । महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *