Sajhamanch Archive

पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं, पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कूल संक्रमितको संख्या आठ लाख २५ हजार९५४ जना पुगेको छ। कूल संक्रमितमध्ये पाँच हजार २२५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या आठ लाख नौ हजार १५५ पुगेको छ।

उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *