Sajhamanch Archive

महिला खुला सदस्यमा देउवा समूहको बर्चश्व, डीला संग्रौला अगाडि, आरजु ३ नम्बरमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

हालसम्म ३,३५० मतगणना भइसकेको छ । जसमा २,०७९ मत ल्याउँदै डा. डीला पन्त संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ ।

पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा कांँग्रेस सचेतक समेत रहेकी पुष्पा भुसाल रहेकी छिन् । भुसालले १,९७५ मत प्राप्त गरेकी छन् ।

महिला खुलातर्फ १,८५० मत ल्याउँदै डा. आरजु राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नि हुन् ।

यता, १,६७७ मतसहित अम्बिका बस्नेत चौथो, १,६२७ मत सहित इश्वरी न्यौपाने पाँचौ तथा १,५१० मत सहित सरिता प्रसाईं छैटौँ स्थानमा छन् ।

सातौँ स्थानमा १,३५५ मतका साथ रमा कोइराला, १,३०६ मतमका साथ आठौँ स्थानमा शुशिला ढकाल र १,३०८ मतका साथ रङमती शाही नवौँ स्थानमा रहेकी छन् ।

कांँग्रेस विधान अनुसार खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य बन्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *