Sajhamanch Archive

कांँग्रेस प्रदेश २ अधिवेशन : आज मतदान हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज (बिहीबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ। यसअघि निर्वाचन समितिले बुधबार नै मतदान हुने तालिका सार्वजनिक गरेको थियो।

प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाको पनि साथ छ।

मतदान कहिले गर्ने भन्ने विषयमा विवाद हुँदा दुई पक्षबीच बुधबार झडप समेत भएको थियो। मतदान हुन ढिला भएपछि दुई पक्षबीच झडपको स्थिति बनेको हो।

जनकपुरस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *